
काठमाडौं । नेपाल राहत शिक्षक केन्द्रीय समितिले सबै तहका समितिको राहत शिक्षक नेतृत्वहरूलाई आफ्नो क्षेत्रभित्रका पालिका समिति अद्यावधिक गर्ने काममा समन्वय र सहजीकरण गर्न निर्देशन दिएको छ। केन्द्रीय समितिले आइतबार यस्तो निर्देशन दिएको हो।
‘सबै तहका समितिमा रहेर काम गर्नुहुने राहत शिक्षक नेतृत्वहरुलाई आफ्नो क्षेत्रभित्रका पालिका समितिहरु अध्यावधिक गर्ने काममा समन्वय र सहजीकरण गर्नहुन अनुरोध छ’, केन्द्रीय समितका महासचिव कुमार बजगाई र अध्यक्ष खेमराज अधिकारीले जारी गरेको निर्देशनमा उल्लेख छ।
प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार