
नेकपा माओवादी केन्द्र जुम्लाले आफ्नो सङ्गठनमा आबद्ध कसैले पनि जाँड–रक्सी खान नपाउने निर्णय गरेकाे छ । तीन महिने पार्टी सुदृढ रूपान्तरण अभियानको क्रममा आज बिहीवार गरिएको पत्रकार भेटघाटमा माओवादी जाँड–रक्सी नखाने निर्णय गरेकाे जानकारी गराएकाे हाे ।
माओवादी पार्टीलाई अनुशासित, मर्यादित, सुशासन र समृद्धिको पहरेदारको रूपमा प्रस्तुत गर्न जाँड–रक्सी, जुवातास, बालविवाह, बहुविवाह, भ्रष्टाचार नगर्न/नगराउन एक विशेष सङ्कल्प प्रस्ताव पारित गरिएको माओवादी जुम्ला अध्यक्ष वीरबहादुर कुँवरले प्रस्तुत गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति : २०८० भाद्र १४ गते बिहिवार