
काठमाडौँ । फिल्म ‘ह्यासट्याग माया’का निर्देशक राजीव गुरुङले महिला भएकै कारण सधैँ महिला ठिक र पुरुष भएकै कारण सधैँ पुरुष बेठिक नहुने बताएका छन् । फिल्म ‘ह्यासट्याग माया’ निर्माण समयमा अभिनेत्री नम्रता श्रेष्ठले आफूलाई दिएको अनेक दुःखहरू खोल्दै उनले सो बताएका हुन् ।
सामाजिक सञ्जालमा नम्रताको कारण फिल्म निर्माणमा पाएको दुःखका ताती खोल्दै गुरुङले आत्महत्या प्रकरणमा सारुक ताम्राकारले न्याय पाउनुपर्ने जोड दिएका छन् ।
‘महिलामाथि आज कसैलाई यो परिवेशमा अन्याय भएको छ भने ती महिला हुन् स्वर्गीय सारुककी आमा जसले अनाहकमा आफ्नो काख उजाड बनाउन पुगिन् र यही तोडमा श्रीमान्लेपनि संसार छाडेपछि अथाह वेदनामा छिन्’, गुरुङ अगाडि लेख्छन् ‘सारुक भाइको आमाले उनको मनमा उब्जिएको प्रश्नको जवाफ पाउनपर्छ ।
प्रकाशित मिति : २०८० भाद्र १४ गते बिहिवार