
काठमाण्डाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानको क्रममा नाम जोडिएर आए आफ्नो पार्टी मात्र होइन, आफ्नै परिवारका सदस्यलाई पनि नछाड्ने बताएका छन ।
आज (सोमबार) पार्टीको बागमती प्रदेश कमिटी बैठकमा उनले यस्तो बताएका हुन । बैठकमा प्रचण्डले नाम जोडिए आफैंलाई हत्कडी लगाएर थुने हुन्छ भनेको बताएका छन ।
प्रचण्डको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य युवराज चौलागाईंले भने, ‘महराजीको र उहाँका परिवारका सदस्यहरूको बारेमा मिडियामा आइरहेकै छ, सरकारले कारबाही गर्न भनेको छ’ ‘खोज्दै जाँदा मेरो नाम आएछ भने मलाई पनि हत्कडी लगाएर थुने हुन्छ भनेको छु ।’
प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार