पुनः १३ जनामा कोरोना भाइरस संक्रमण, नेपालमा संक्रमितको संख्या १ सय ३४ पुग्यो



काठमाडौं, २९ बैशाख । आजमात्र नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । विहान र दिउँसो गरी ११ जनामा संक्रमण फेला परेको अवस्थामा साँझ पुनः १३ जनामा संक्रमण फेला परेको छ । कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि गाउँपलिका–७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषहरु र रुपन्देहीका समरीमाई गाउँपालिका–७ र लुम्बिनी संस्कृति गाउँपालिका–६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुषहरु र बर्दियाका राजपुर–५ की ११ वर्षीया बालिकामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको हो ।

यसप्रकार आज एकै दिन नेपालमा २४ जना संक्रमित थपिएका छन् । पछिल्लो पटक कपिलवस्तुमा ६ जनामा, रुपन्देहीमा ६ जनामा र बर्दियामा १ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको हो । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा ३३ जना निको भइसकेका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख २९ गते सोमवार