आज कतारी रियल ३६.२३ ,साउदी अरेबियन रियाल ३५.२० पुग्यो, मलेसियन रिंगिट २८.८८, अरु देशको कति पुग्यो हेर्नुहोस् !



नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६५ पैसा कायम गरिएको छ।

क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ५४ पैसा र बिक्रीमा ९८ रूपैयाँ ९९ पैसा पाइन्छ। यस्तै, युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ ६० पैसा र बिक्रीमा १४६ रूपैयाँ २६ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ ६८ पैसा र बिक्रीमा ८७ रूपैयाँ ०८ पैसा तोकिएको छ। यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रूपैयाँ ५६ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३३ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २० पैसा र बिक्रीदर ३५ रूपैयाँ ३६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रूपैयाँ १२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ८८ पैसा र बिक्रीमा २९ रूपैयाँ ०१ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२९ रूपैयाँ ४९ पैसा र बिक्रीमा ४३१ रूपैयाँ ४४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ २९ पैसा र बिक्रीदर ३५१ रूपैयाँ ८८ पैसा तोकिएको छ।

प्रकाशित मिति : २०८० साउन २६ गते शुक्रवार