
प्रेरक भन्नुको अर्थ के हो ? पक्कै पनि प्रेरक भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् । तपाईलाई यी १० महान् भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।
१. जीवनभर हामी तितो टर्रो फिक्का चियासँग लड्छौँ र अन्तिम चुस्कीतिर मात्र चाल पाउँछौ- हत्तेरी, चिनी त कपको पिँधमा जस्ताको तस्तै पो रहेछ । हाम्रो जीवनलाई सबसे मीठो बनाउने सबै चिजबिज हामीसँगै छन मात्र हामीले आफ्नो कपमा चम्चा चलाउन भुलेका हौ, कप मष्तिस्कको प्रतीक हो ।
२. हाम्रो व्यवहार गणितको शुन्य जस्तै हुनु पर्छ । जुन आफैमा मुल्यवान त हुदैन । तर अरू संग जोडिनदा त्यसको मुल्य बढाईदिन्छ।
३. कसैले सोध्यो “जीवन के हो ? ” अति उत्तम उत्तर ,जब मान्छेले जन्म लिन्छ उसित सास त हुन्छ तर कुनै नाम हुदैन र जब मान्छेको मृत्यु हुन्छ तब उसित नाम त हुन्छ तर सास हुदैन । यही सास र नामको बिचको यात्रालाइ जीवन भनिन्छ ।
४. हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा ।
५. हामी त्यँही बन्छौं जुन कुरा लगातार गर्दै रहन्छौ । त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउछ ।
६. मनमा रिस पालिरहुन भनेको अर्कामाथि फ्याक्ने उद्येश्यले आगोको कोइला हातमा लिनुजस्तो हो , आखिर जल्ने त तिमी आफै हो।
७. यदि तपाईसँग मीठो भोक र गहिरो निद्रा छ भने सम्झिनुहोस तपाई सबसे धनी व्यक्ति हो ।
८. त्यो चिठ्ठीको जस्तै भएको छ जिन्दगी , जुन बिना ठेगान लेखेर छोडिदिएको हुन्छ ।
९. जमाना पनि अजिबको छ , यसले असफल मान्छेहरुको मजाक उडाउछ र सफल मान्छेहरुसित जल्ने गर्छ ।
१०. चुप लाग्नु श्रेयस्कर हो , जमानाको हिसाबले , धोका खाने गर्छन अक्सर बोल्ने मान्छे ।
नोट : साथै तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।