थप १० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा कुल संक्रमित १२० पुगे



काठमाडाै‌ं, २९ वैशाख । नेपालमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी साेमबार अनुसार कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे । यससँगै नेपालमा काेराेना संक्रमितकाे कुल संख्या १२० पुगेकाे छ । मन्त्रालयका अनुसार कपिलवस्तुको यशाेधरा गाउँपालिका र बुद्धभुमि नगरपालिकाका १८ वर्षदेखि ३४ वर्ष उमेर समूहका पुरुषमा कोरोना देखिएकाे हाे ।

संक्रमितहरू कपिलवस्तु जिल्लाकाे यशोधरा गाउँपालिका वडा नं ५ र बुद्धभुमि नगरपालिका वडा नं ७ तथा १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुषहरू रहेका छन् । १ जना भने उमेर नखुलेका पुरुष रहेका छन् । संक्रमित सबै जनालाई अस्पताल लैजाने तयारी भएकाे मन्त्रालयले जनाएकाे छ । उनीहरू सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार हालसम्म काेराेना संक्रमितमध्ये ३१ जना निकाे भएर घर फर्किसकेका छन् । हाल १६४ जनालाइ आइसोलेसनमा राखिएकाे छ । अहिलेसम्म कुल १६ हजार ९०८ जनाकाे पीसीआर परीक्षण गरिएकाेमा १२० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे हाे ।

प्रकाशित मिति : २०७७ बैशाख २९ गते सोमवार