ताली पिट्दा मुगुमा ५१ जनाले पाए राहत !



मुगु, २७ बैशाख । शुक्रबार (हिजो) नेपाल रेडक्रस सोसाटी शाखा मुगुले रेडक्रस दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गर्यो । जिल्लमा रहेको एक नगरपालिका ३ गाँउपालिका भित्र रहेका असहाय, अपांगता, दलित, गैर दलित लगायत अन्य नागरिकलाई जा हेनरि ड्युनाकाे १९२ जन्म दिवस अर्थात बिश्व रेडक्रस दिवसको सम्झनामा ताली पिट्ने ५१ जनालाई राहत वितरण गरेको छ । कोरोना भाइरसबाट बच्नको लागि नेपाल सरकारले लकडाउन गरेको ४६ औं दिन पुगिसक्दा पनि विहान वेलुका छाक टार्नसमेत सकस भएका नागरिक लाई राहत वितरण गरेको नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय मुगुले जनाएको छ ।

पछिल्लो समय जिल्लाका स्थानीय तहमा सरसपाई र खाद्यान्नको वितरणमा होडबाजी भएपछि जिल्लामा रहेका अन्य संघ संस्थाले पनि राहत वितरण गर्न थालेका थिए । नेपाल रेडक्रस शाखा कार्यालय मुगुका अनुसार जा हेनरि ड्युनाको जन्मोत्सवमा भान्सामा प्रयोग हुर्ने सामान बालटिन १, कराई १, डाडु पनिउ १\१ सेट, गिलास ३, थाल २, ताउलो ३ कचौरा २ र लत्ता कपडा गरि जम्मा ५१ जना असहाय नागरिकलाई राहत सामान वितरण गरेको नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा मुगुका मन्त्री रत्न सिंह मल्लले बताएका छन ।

मल्लाका अनुसार जिल्लामा रहेका ४ भेगकामा रहेका उपशाखाबाट सिफरिस गरि आएका नागरिक लाई राहात सामग्र्री वितरण गरेको जानकारी दिए । नेपाल रेडक्रस सोसाईटिका केन्द्रिय सदस्य तिलक मल्ल र जिल्ला शाखाका सभापति जय बहादुर मल्लले सयुक्त रुपमा नागरिक लाई राहत वितरण गरेका हुन । राहत वितरणमा अहिले विश्व भरि महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ को बारेमा जनचेतनागाँउ गाँउ बस्तीमा गएर सकारात्मक सन्देश फैलाएको जिल्ला सभापित जय बहादुर मल्लले बताए ।

उनले भने -‘अहिले देश संकट अवस्थामा रहेको बेला आर्थिक अवस्था न्युन भएका व्यक्ति लाई थोरै भएपनि घाउमा मलम लगाएको हाैं । नेपाल रेडक्रस सोसाइटी एक मानवीय संस्था हो । यसले कुनै पनि जाति , वर्ग, भेदभाव हुदैन ।’ सबै दुखमा परेका नागरिकहरु सम्मान हुन् भन्दै सानो राहात भए पनि बिगतबाटै सबैलाई सहयोग गदै आइरहेको राहत रेडक्रस सोसाइटीका केन्द्रय सदस्य मल्लले बताएका छन् । राहत पाएपछि खत्याड गाँउपालिका वडा नम्बर २ का स्थानीयबासी दृष्टीबिहीन कल्से नेपाली निकै खुसी भएका थिए । बिगतबाट रेडक्रस मुगुले आफुलाई सहयोग गदै आइरहेको र पछिल्लो समय कोरोना भाईरसले लगडाउन समयमा बिहान बेलुका छाक टार्न गाह्रो भएको बेला पुन: राहत पाएपछि रेडक्रस कर्मीलाइ धन्यवाद दिएका छन् । यस्तै जा हेनरि ड्युनाको जन्मोत्सवको दिनमा एक सुत्केरी महिलाले पनि राहत बितरण गरेका छन् । जिल्लाको उत्तरी भेगमा पर्ने खत्याड गाउपालिका वडा नं २ सेरी बस्ने अन्दाजि २१ वर्षीय गीता नेपालीलाई पनि राहत बितरण गरिएको थियो ।

प्रकाशित मिति : २०७७ बैशाख २७ गते शनिवार