बागमती गाउँपालिकाले जेठ १ गतेबाट बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने !



ललितपुर | बागमती गाउँपालिकाले जेष्ठ नागरिक, एकल महिला, दलित र अपाङ्गलाई दिइने सामाजिक सुरक्षा भत्ता जेठ १ गतेबाट वितरण गर्ने भएको छ । यसअघि सचिवले घरघरमा पुगेर भत्ता वितरण गर्ने गरिए पनि यसपटक देखि भने बैंक मार्फत वितरणकाे तयारी गरेको गाउँपालिका अध्यक्ष वीर बहादुर लाेप्चनले बताए । पालिकाले कुमारी बैंकसँगकाे सहकार्यमा भत्ता वितरणकाे तयारी गरेको पालिकाका प्रेस सल्लाहकार दीपक घिमिरेले बताए । घिमिरेका अनुसार पालिका भित्रका सातैवटाका जम्मा १ हजार ८५ जनाले सामाजिक सुरक्षा भत्ता लिनेछन् ।

कुमारी बैंकले हरेक वडाका वडाध्यक्षसँग सहकार्य गरेर वडाका प्रत्येक टाेलटाेलमै पुगेर भत्ता वितरण गर्नेछ । त्यस्तै बृद्धभत्ताको पर्खाइमा रहेकी बागमती -३ कि जेष्ठ नागरिक राेममाया लाे भन्छिन् “यसअघि सचिवले भत्ता ल्याइदिन्थे यसपटक बैंकबाट वितरण गर्ने भन्छन् कसरी निकाल्ने हाे |” यस्तै बागमती गाउँपालिकाले एकल पुरुषलाई पनि मासिक १ हजार भता दिँदै आएको छ । पालिका भित्रका ५१ जना एकल पुरुषले मासिक भत्ता लिने गरेको उपाध्यक्ष रञ्जना घिमिरेले बताइन् ।

प्रकाशित मिति : २०७७ बैशाख २६ गते शुक्रवार