सिंहदरबार गेट अगाडि प्रहरी र चिनियाँ नागरिकबीच झडप , डिएसपी सहित ६ घाइते !



घर जान पाउनुपर्ने माग राख्दै सिंहदरबार अगाडि धर्ना दिन पुगेका चिनियाँ नागरिक र प्रहरी बिच झडप भएको छ । झडपमा परि दुई चिनियाँ नागरिक र डिएसपी सहित ४ प्रहरी घाइते भएका छन । सिंहदरबार मुल गेटमा धर्ना दिन पुगेकाहरुले निषेधित क्षेत्र ताेड्न खाेजेपछि झडप भएको हाे । घाइते चिनियाँ नागरिक हस्पिटल जान मानेका छैनन् भने अहिले पनि फुटपाथमा बसेर धर्ना दिइरहेका छन । प्रहरीले बल प्रयोग गरेर हटाउने प्रयास गरेपछि उनिहरुले ढुंगा प्रहार गरेका थिए । प्रदर्शनकारीकाे ढुंगा प्रहारबाट डिएसपी हरिबहादुर बस्नेत घाइते भएका छन । २० जनाभन्दा बढी संख्यामा रहेका चिनियाँ नागरिकहरु “No money need GoHome” र “We want to go back home ” लेखेको प्लेकार्ड बाेकेर धर्ना बसेका छन ।

प्रकाशित मिति : २०७७ बैशाख २६ गते शुक्रवार