
ललितपुर | बागमती गाउँपालिकाकाे विपद व्यवस्थापन काेषमा सिर्जनशील विकास समाज नेपाल (CDS) संस्थाले पचास हजार रुपैयाँ सहयोग गरेको छ । काेराेना राेकथामका लागि उक्त काेषमा पचास हजार रुपैयाँ प्रदान गरिएको हाे । बागमती गाउँपालिकाका अध्यक्ष वीर बहादुर लाेप्चनलाई संस्थाका अध्यक्ष नवराज तिमल्सिना र सचिव दीपक घिमिरेले उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको छ । सामाजिक काममा क्रियाशील संस्थाले महामारीको समयमा पालिकालाई सहयोग गर्नु संस्थाकाे दायित्व सम्झेर सहयोग गरेको संस्थाका अध्यक्ष तिमल्सिनाले बताउनुभयो ।
प्रकाशित मिति : २०७७ बैशाख २६ गते शुक्रवार