महर्जनको अभियानलाई नेविसंघ ललितपुरले गर्याे खाद्यान्न सहयोग !



ललितपुर । नेपाली कांग्रेस खेलकुद विभागका सदस्य सचिव एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनको अभियानलाई साथ दिँदै नेपाल विद्यार्थी संघ ललितपुरले खाद्य सामग्री उपलब्ध गराएको छ । महर्जनले लगनखेल डाेजाेमा लकडाउनका कारण समस्यामा परेकाहरूलाई एक महिनाअघि देखि खाना खुवाउँदै आएका थिए । यसैबीच महर्जनको उक्त अभियानलाई साथ दिन नेविसंघका नेताहरू बिहीबार सहयोग बाेकेर पुगे । नेविसंघ ललितपुर कार्यसमितिले १० बोरा चामल, २ कार्टुन तेल, मसला, नुन तरकारी लगायत खाद्यान्न महर्जनको अभियानलाई हस्तान्तरण गरेका छन ।

नेविसंघ ललितपुरका जिल्ला अध्यक्ष मथुरा शर्मा, उपाध्यक्ष उद्धव दाहाल, सचिव दीपक घिमिरे, तरुण दल जिल्ला सदस्य रामकृष्ण घिमिरेको समूहले कांग्रेस नेता महर्जनलाई खाद्य सामग्री हस्तान्तरण गरेको हाे । नेविसंघका अध्यक्ष शर्माले लकडाउनमा समस्या परेका निम्न वर्गलाई कांग्रेस नेता महर्जनले निःशुल्क खाना खुवाउँदै आएको प्रति खुसि व्यक्त गर्दै अभियानमा आफूहरूले पनि सहयोग गरेको बताए । महर्जनको उक्त अभियानलाई १३औँ साग खेलमा स्वर्ण पदक विजेता विप्लवलाल श्रेष्ठ, कराँतेका अन्तर्राष्ट्रिय खेलाडी मुकुन्द्र महर्जन, किक बक्सिङका पूर्व राष्ट्रिय च्याम्पियन विनोद महर्जन, कराते प्रशिक्षक ध्रुब खनाल लगायतले साथ दिँदै आएका छन । कांग्रेसका युवा नेता महर्जन करातेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा लगनखेल डोजोका संथापक पनि हुन् ।

प्रकाशित मिति : २०७७ बैशाख २५ गते बिहिवार