प्रदेश र स्थानीय तहमा दिने अनुदानमा व्यापक कटौती



काठमाडौं । सरकारले प्रदेश र स्थानीय तहको अनुदानमा व्यापक कटौती गरेको छ । अपेक्षित राजश्व संकलन हुन नसकेको र आम्दानीभन्दा खर्च बढेपछि सरकारले यस्तो निर्णय गरेको छ ।
अर्थ मन्त्रालयका अधिकृत चुरामणी अर्यालद्धारा एक विज्ञप्ति जारी गर्दै चालु आर्थिक वर्षको अन्तिम किस्ताको वित्तिय समानीकरण अनुदानबापतको रकम ५० प्रतिशतले कटौती गरिएको जनाएका छन् ।

विज्ञप्ती अनुसार प्रदेशमा ९ अर्ब ९३ करोड ६८ लाख रुपैयाँ र स्थानीय तहमा १३ अर्ब २० करोड १५ लाख रुपैयाँमात्र हस्तान्तरण हुनेछ । आर्थिक वर्ष २०७९/०८० मा हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तिय समानीकरण अनुदान रकम विनियोजन ऐन, २०७९ को दफा ४ को उपदफा (३) बमोजिम हाललाई पचास प्रतिशतले हुन आउने रकम प्रदेशतर्फ रु ९ अर्ब ९३ करोड ६८ लाख र स्थानीय तहलाई रु १३ अर्ब २० करोड १५ लाख मात्र हस्तान्तरण गर्ने नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८० वैशाख १२ को निर्णयानुसार कार्यान्वयन गर्ने व्यवस्था हुन अनुरोध गर्दछु ।’

प्रकाशित मिति : २०८० बैशाख १५ गते शुक्रवार