विश्वव्यापी झुटको समयमा सत्य बोल्नु पनि एउटा क्रान्तिकारी कार्य हो : जर्ज अर्वेल



१. समाज सत्य देखि जति टाढा जान्छ उति नै बढी यसले सत्य बोल्ने मानिसहरुलाई घृणा गर्न सुरु गर्दछ ।

२. हरेक तानाशाहीहरु जालसाजी र दमनको माध्यमद्वारा शासन गर्ने गर्दछन, तर जब उनिहरुको जालसाजी पर्दाफास हुन्छ तब उनीहरु पुरै दमनमा मात्र टिक्ने गर्दछन ।

३. मानिसहरुलाई नष्ट गर्ने सबैभन्दा प्रभावकारी उपाय भनेको उनीहरुको इतिहासको आफ्नै बुझाइलाई इन्कार गर्नु र नष्ट गर्नु हो ।

४. विगतलाई मेटाईयो, जसले मेटायो उसलाई विर्सीयो, झुट अब सत्य बनेको छ ।

५. विश्वव्यापी झुटको समयमा सत्य बोल्नु पनि एउटा क्रान्तिकारी कार्य हो ।

६. जति नै तिमीले सत्यलाई अस्विकार गर, सत्य भने अस्तित्वमा रहिरहन्छ ।

७. मेरो अभिव्यक्ति स्वतन्त्रताको अधिकार भनेको तिमीले जे सुन्न चाहन्नौ त्यो भन्न पाउनु हो ।

८. हाम्रो यो समयमा ‘राजनीति भन्दा बाहिर रहने’ भन्ने कुनै चिज हुदैन । हरेक विषयहरु राजनीतिक विषय हुन्, र राजनीति आफैमा झुट, कपट, मुर्खता, घृणा अनि पागलपनको थुप्रो हो ।

९. कुनै विचारहरु यति मूर्खतापूर्ण हुन्छ कि जसलाई विद्वानहरुले मात्र विश्वास गर्दछन ।

१०. जब मानिसहरुले जीवनको उदेश्य नै खुसी हो भन्ने कुरा महसुस गर्दैनन् त्यतिबेला मात्र उनिहरु खुसी हुन्छन ।

११. उपहासको उद्देश्य भनेको मानिस जतिलाई निच देखाउने होइन बरु उनीहरु पहिल्यै निच छन् भनेर सम्झाउने मात्र हो ।

१२. जसले विगतलाई नियन्त्रण गर्न सक्छ उसले वर्तमानलाई नियन्त्रण गर्दछ । जसले वर्तमानलाई नियन्त्रण गर्दछ उसले विगतलाई नियन्त्रण गर्दछ ।

१३. पिडाको समयमा त्यहाँ कुनै हिरो भन्ने हुदैन ।

१४. यदि कुनै कुरा गोप्य राख्न चाहन्छौं भने त्यो कुरालाई आफूबाट पनि लुकाएर राख ।

प्रकाशित मिति : २०७७ बैशाख २५ गते बिहिवार