
१. मलाई लाग्छ एकदमै दुखित मानिसहरुले अरु मानिसहरुलाई खुसी बनाउन एकदमै मेहेनत गर्ने गर्दछन किनकि उनीहरुलाई अरुको नजरमा मुल्यहीन हुनु कत्तिको दुखदायीपूर्ण छ भन्ने उनीहरुसँग अनुभूति छ र अरुले त्यस्तै अनुभूति गर्न नपरोस भन्ने उनीहरु चाहन्छन ।
२. मलाई लाग्थ्यो संसारमै सबैभन्दा खराब चिज भनेको सबैबाट एक्लो हुनु हो । तर यो होइन रहेछ, दुखदायी कुरा त आफ्ना भनीएका मान्छेहरुको माझमा भएर पनि तिमीलाई एक्लो महसुस गराउदछन् ।
३. तिमीलाई थोरै पागलपनको झिल्को दिइएको छ; यसललाई तिमीले गुमाउनु हुदैन ।
४. मानिसले भलै तिमीलाई जे सुकै भनुन तर शब्द र विचारले संसारलाई बदल्न सक्दछ ।
५. विषाक्त सोच भएका मानिसहरुको संगतमा कहिल्यै नपर्नु । यस्ता मानिसको माझमा बसेर आफैलाई घृणा गर्नु भन्दा बरु एक्लो बस्नु र आफैलाई माया गर्नु जाति हन्छ ।
एउटा भोको पेट, रित्तो गोजी र टुक्रिएको हृदयले जीवनकै महत्वपूर्ण पाठ पढाउने गर्दछ ।
६. असल मानिसहरु नर्कमा गएर अड्कन्छन किन ? किनकि उनीहरुले आफ्नो गल्तिको लागि आफैलाई माफ गर्न सक्दैनन् ।
७. खस्नुमा के लाज छ र ! लाज त आफूले दिनसक्ने क्षमता प्रदशन गर्न नसक्नुमा छ ।
८. एउटा घाइते मुटुलाई ढाक्नको निम्ति एउटा मिठो बनावटी हासो नै काफी छ ।
९. कुनै कुरा गुमाउनुको वास्तविक पिडा तब महसुस हुन्छ जब तीमिले त्यो चिजलाई आफूलाई भन्दा पनि ज्यादा माया गर्ने गर्दथौ ।
१०. यदि तिमि उदास छौ भने अरु कसैको साथमा जाउ । र ख्याल राख, आत्माहत्या भनेको अस्थाई समस्याको समाधान होइन ।
११. पोलिटिक्स भनेको ल्याटिन भाषा अनुसार, पोली भनेको धेरै र टिक्स भनेको रगत चुस्ने जन्तु हुन्छ ।
१२. कुनै ताका हामी शिकार गर्ने र सबैमाझ बढ्ने खालको थियौ, अचेल किन्ने र ल्याउने खालका मात्र छौ ।
१३. सहस गर्ने कि सावधानी अपनाउने त्यहाँ सधै दुइओटा समय हुन्छ, र हरेकले यो समयलाई बुझ्न आवश्यक छ ।
१४. एउटा भोको पेट, रित्तो गोजी र टुक्रिएको हृदयले जीवनकै महत्वपूर्ण पाठ पढाउने गर्दछ ।