नेपालमा काेराेना संक्रमित ९९ पुगे, एकै दिन थपिए १७ संक्रमित !



नेपालमा बुधबार १७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको हो। उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।

याे पनि हेर्नुस् :

विदेशमा रहेका करिब डेढ लाख नेपाली नागरिक तत्काल उद्धार गर्नुपर्ने अवस्थामा : सरकार
काठमाडौं, २४ बैशाख । विदेशमा रहेका करिब एक लाख २७ हजार नेपाली नागरिक तत्काल उद्धार गर्नुपर्ने अवस्थामा रहेको सरकारले बताएको छ । आज बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सरकारले विभिन्न मुलुकमा रहेका करिब एक लाख २७ हजार नेपाली तत्काल उद्धार गर्नुपर्ने अवस्थामा रहेको जनाएको हो । मलेसिया, कतार, साउदी अरब, बहराइन, ओमान, कुवेतलगायतमा अप्ठेरो अवस्थामा रहेका नेपाली नागरिकलाई नेपाल ल्याउनका लागि पूर्वतयारी भइरहेको पनि सरकारले जनाएको छ ।

कतिपय मुलुकले प्लेन चार्टर गरेर पठाउने भनिरहेकाले प्राथमिकताका आधारमा विदेशमा अलपत्र नेपाली नागरिकको उद्धार गरिनेछ । परराष्ट्र मन्त्रालय र कूटनीतिक नियोगहरुको सहयोगमा गरिएको आकलनमा भिजिट भिसामा गएकाहरू, रोजगारी गुमाएर बसेका, विभिन्न देशमा गैरकानुनी कामदारको हैसियतमा बसेका र आममाफी पाएका नेपाली नागरिकलाई तत्काल स्वदेश फर्काउनुपर्ने अवस्था देखिएको हो । हवाई टिकट काटिसकेका र भिसा सकिएका कारण खाडी मुलुकमा अलपत्रलाई पनि स्वदेश फर्काउनुपर्ने अवस्था छ । स्वदेश फर्कने श्रमिकहरूको व्यवस्थापन कसरी गर्ने भन्ने ठूलो चुनौती सरकारसामु देखिएको छ । भारत बाहेकका मुलुकमा करिब १५ लाख नेपाली वैदेशिक रोजगारीमा छन् ।

प्रकाशित मिति : २०७७ बैशाख २४ गते बुधवार