संकटमा सुमेरु सहकारी, निक्षेपकर्ताले गठन गरे संर्घष समिति



ललितपुर । ललितपुर पुल्चोकमा मुख्य कार्यालय रहेको सुमेरु बचत तथा ऋण सहकारी संकटमा फसेको छ । गत चैत्र १० गते सूचना प्रकाशित गरेर सहकारीले बचत फिर्ता गर्न कठिन रहेको जानकारी दिएको छ ।

पटक–पटक ताकेता गर्दा पनि पैसा नपाएको भन्दै बचतकर्ताले सातदोबाटोस्थित समेरु समूहमा भेला भएर सुमेरु बचत तथा ऋण सहकारी पीडित संर्घष समिती गठन गरेका छन् ।

भेलाले ११ सदस्यीय संर्घष समिती गठन गर्दै राम भण्डारी क्षेत्रीलाई संयोजक बनाएको छ । संर्घष समितिका एक सदस्यले सहकारीको ८ अर्व बचतकर्ताको बचत देखिएको बताए ।

प्रकाशित मिति : २०७९ चैत्र २० गते सोमवार