वाग्लेको विद्रोहलाई हल्काफुल्का रूपमा पन्छाउनु उचित हुँदैन : डा.भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले डा. स्वर्णिम वाग्लेको विद्रोहलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले देशको अहिलेको चौतर्फी गम्भीर संकटको समाधान पुरानै घिसिपिटी तरिकाले नहुने भन्दै वाग्लेको विद्रोहलाई हल्काफुल्का रूपमा पन्छाउनु उचित नहुने बताएका हुन् ।

वाग्लेको भद्र राजनीतिक विद्रोह कति ठीक भन्ने कुरा मतदाताले छिटै फैसला गर्ने उनको भनाइ छ । ‘डा. स्वर्णिम वाग्लेको भद्र राजनीतिक विद्रोह कति ठीक भन्ने कुरा मतदाताले छिटै फैसला गर्ने नै छन्। तर यसलाई त्यत्तिकै हल्काफुल्का रूपमा पन्छाउनु उचित हुनेछैन,’ उनले भनेका छन्, ‘देशको अहिलेको चौतर्फी गम्भीर संकटको समाधान पुरानै घिसिपिटी तरिकाले हुनेवाला छैन। अतः डा. वाग्लेको विद्रोहलाई गम्भीर रूपमा लिऊॅ !’

वाग्लेले बिहिबार नेपाली कांग्रेस छोडेका थिए । उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा जाने तयारीमा छन् ।

प्रकाशित मिति : २०७९ चैत्र १७ गते शुक्रवार