सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएन भाग, अब के गर्लान् रवि ?

काठमाडौं । सत्ता गठबन्धनले मन्त्रालय भागबन्डाको टुंगो गरेको छ । आज साँझ बालुवाटारमा बसेको बैठकले मन्त्रालयको नाम टुंगो नलागे पनि संख्याको टुंगो लगाएको हो ।

जसअनुसार नेपाली कांग्रेसलाई आठ मन्त्रालय, माओवादीलाई पाँच, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)लाई दुई–दुई मन्त्रालय दिने सहमति भएको छ ।

यसैगरी लोकतान्त्रिक समाजवादी (लोसपा), नागरिक उन्मुक्ति, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र प्रभु साहको आम जनता पार्टीले एक–एक मन्त्रलय लिने सहमति भएको एक नेताले जानकारी दिए ।

एक मन्त्रालयसहित सरकारमा रहेको जनमत पार्टीले थप एक राज्यमन्त्री पाउने भएको छ ।

सरकारमा जाने संकेत गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मन्त्रालय छुट्याइएको छैन । रास्वपाले सरकारमा जाने चाहना राखे पनि उसले भाग नपाएको बताइएको छ ।

भोलि मन्त्रीपरिषद् विस्तार गरेर नयाँ मन्त्रीहरूको शपथ भोलि नै गराउने तयारी गरिएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र १६ गते बिहिवार