एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बन्ने



काठमाडौं । एकीकृत समाजवादीबाट उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्ने भएका छन् ।

बुधबार बसेको सचिवालय बैठकले दुई मन्त्रीको नाम टुंग्याएको हो । यद्यपि सार्वजनिक रुपमा भने एकीकृत समाजवादीका नेताहरुले तीन मन्त्रालयको दाबी छाडेका छैनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने दुई मन्त्रालय लिएर सरकारमा आउन प्रस्ताव गरेका छन् । साथै पहिलो चरणमा एक जनाको नाम पठाउन भनेका छन् ।

एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार एकीकृत समाजवादीबाट पहिलो चरणमा भुसाल मन्त्री बन्नेछन् । उनले शिक्षा, कृषि वा श्रम मन्त्रालयमध्ये एक पाउने बताइएको छ ।
ज्वालालाई भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनाउने एकीकृत समाजवादीको तयारी छ ।

प्रकाशित मिति : २०७९ चैत्र १५ गते बुधवार