लकडाउन जेठ ५ सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय



२४ वैशाख, काठमाडौं । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले डेढ महिनादेखि जारी लकडाउनलाई ११ दिन थप गर्ने निर्णय गरेको हो । पाँचौपटक थपिएको लकडाउन बिहीबार सकिँदै थियो । चैत ११ देखि लकडाउन लागू गरेकाे सरकारले याे पटक समय थप गरेकाे हाे ।

याे पनि हेर्नुस्
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले बुधबार विहान नागढुंगा नाकाको अनुगमन गरेकी छन् । काठमाडौं उपत्यका भित्रिने सवारी साधन र मानिसको आवागमनका विषयमा बुझ्न उपमेयर खड्गी काठमाडौं र धादिङ जिल्लाको सिमाना खत्रीपौवासम्म पुगेकी हुन् ।काठमाडौं बाहिरबाट उपत्यकाभित्र धमाधम मानिसहरु आउन थालेको खबर आएपछि वास्तविकता बुझ्न स्थलगत अनुगमनमा गएको उपमेयर खड्गीले बताइन् ।

उनले अनलाइनखबरसँग भनिन्, ‘मालबाहक ट्रकमा मानिसहरु लुकेर काठमाडौं आइरहेका छन् भन्ने सूचना मलाई आएको थियो । वास्तविकता के रहेछ भनेर आज बिहान म नागढुंगा गएको थिएँ । तीन-चार घण्टा बिताएँ तर त्यस्तो पाइएन ।’

प्रकाशित मिति : २०७७ बैशाख २४ गते बुधवार