यस्ताे छ अमेरिकी डलरको भाउ, आज रियाल, रिंगेट र दिराम कतिमा हुँदैछ किनबेच ? हेर्नुहोस् !



नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५६ पैसा कायम गरिएको छ।

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ९२ पैसा र बिक्रीमा १४२ रुपैयाँ ५६ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १६२ रुपैयाँ ३७ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ११ पैसा र बिक्रीमा ८८ रुपैयाँ ५१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ५४ पैसा र बिक्रीमा ९६ रुपैयाँ ९८ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १ पैसा र बिक्रीमा ३६ रुपैयाँ १८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १२ पैसा र बिक्रीदर ३५ रुपैयाँ २८ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २९ रुपैयाँ ५० पैसा र बिक्रीमा २९ रुपैयाँ ६४ पैसा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ २२ पैसा र बिक्रीमा ४३२ रुपैयाँ १७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ५५ पैसा तोकिएको छ।

प्रकाशित मिति : २०७९ चैत्र ८ गते बुधवार