शिक्षक सेवा आयोग : ८४ पदका लागि साढे नौ हजारले दिए आवेदन



काठमाडौं | शिक्षक सेवा आयोग, सानोठिमी भक्तपुरले माध्यमिक तहको शिक्षक पदमा परेको आवेदनको संख्या विषयगत रुपमा छुट्याएको जनाएको छ ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहट्टाका अनुसार सबै भन्दा बढी अंग्रेजी विषय शिक्षकको लागि आवेदन परेको छ । आयोगले ८४ जना शिक्षक माग गरेकामा ९ हजार ७२५ जनाले आवेदन दिएका छन् ।

आयोगले पुस २५ गते खुलाएको विज्ञापनमा माघ २४ गतेसम्म नियमित दस्तुरमा र फागुन दुई गतेसम्म दोब्बर दस्तुर फारम भर्ने समयावधि दिएको थियो ।

सोहि विज्ञापनका आधारमा नेपाली विषयमा १११ पदका लागि ९ हजार ९७, गणित विषयमा २०८ पदका लागि ५ हजार ६२६, विज्ञान विषयमा १९१ पदका लागि ५ हजार २५०, सामाजिक अध्ययन विषयमा ५४ पदका लागि ६ हजार २२७, अर्थशास्त्र विषयमा ८ पदका लागि ४८८, कार्यालय सञ्चालन तथा लेखा विषयमा १५ पदका लागि १ हजार ३९२ आवेदन परेको जानकारी दिएको छ ।

त्यस्तै शिक्षा विषयमा १४८, स्वास्थ्य शिक्षा २१४, शुक्लयजुर्वेदमा २ जना, संस्कृत व्याकरणमा १३, संस्कृत भाषामा ३८, कम्प्युटर विज्ञानमा १०८, संस्कृत साहित्यमा ५ जना गरी माध्यमिक तहको शिक्षकका लागि ३८ हजार ३३७ आवेदन परेको जनाएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र ८ गते बुधवार