राष्ट्रपति पौडेललाई भेटे ललितपुरका जनप्रतिनिधिले



राष्ट्रपति रामचन्द्र पौडेललाई ललितपुरका जनप्रतिनिधि र स्थानीयले भेटेका छन्।

ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिकाका जनप्रतिनिधिले आज राष्ट्रपति पौडेललाई भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन्।

शितल निवासमा भएको भेटमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, गोदावारी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनलगायत ती पालिकाका कार्यपालिका सदस्यका साथै स्थानीयको सहभागिता थियो।

ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले ललितपुर महानगरपालिकाको मुखपत्र, संस्कृतिविद् स्वर्गीय सत्यमोहन जोशीद्वारा लिखित ललितपुर महानगरपालिकाले प्रकाशित गरेका पुस्तकहरु राष्ट्रपतिसमक्ष हस्तान्तरण गरेका थिए।

त्यस्तै गोदावारी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पनि गोदावारी महानगरपालिकाको मुखापत्र हस्तान्तरण गरेका थिए।

प्रकाशित मिति : २०७९ चैत्र ५ गते आइतवार