सजिलै पैसा कमाउने यी ३ उपाय, तपाईं पनि ‘ट्राई’ गर्ने कि



काठमाडौं । रोजगारी पाइएन भनेर चिन्तित हुनुहुन्छ । सानो भन्दा सानो रकम लगानी गरेर भएपनि मनग्ये आम्दानी गर्न सकिन्छ । त्यसका लागि समान्य सोच तथा विचारको मात्रै जरुरी पर्दछ ।

पूरानै कामलाई पनि नयाँ तरिकले गर्न सकेको खण्डमा सानो लगानीले पनि धेरै पैसा कमाउन सकिन्छ र आफू सुखी बन्न सकिन्छ । त्यसका लागि तपाईको मेहनत र लगन भने जरुरी पर्दछ ।

विशेष गरी १६ हजार नेपाली रकम खर्च गरेर पनि राम्रो कमाई गर्न सकिन्छ । त्यसका लागि एउटा उपाय यस सामग्रीमा बताउन खोजिएको छ । तपाईले अरुलाई प्रभावित पार्ने र राम्रो बोलीचाली एवम् कला छ भने तपाईले राम्रो कमाइृ गर्न सक्नुहुन्छ । तपाईसँग शैक्षिक योग्यता राम्रो छ । पढाई लेखाईमा योग्य हुनुहुन्छ भने तपाईले घरमै बसेर राम्रो कमाई गर्न सक्नुहुन्छ ।

कोचिङ तथा ट्यूशन कक्षा: पछिल्लो समय विद्यालय तथा कलेजमा पढने भन्दा ट्यूशन तथा कोचिङ पढ्ने संस्कार बढेर गएको छ । तपाईले रोजगारी पाउनु भएको छैन भने तपाईले घरमै बसेर पनि यो काम सुरु गर्न सक्नुहुन्छ । त्यसबाट तपाईलाई आम्दानीको अलावा आफैले पढेको कुराको पुनः जानकारी हुन्छ ।

घरमै कोचिङ तथा ट्यूशन पढाउन सक्नुहुन्छ । तपाईले आफ्ना साथीलाई समेत त्यस्तो कार्यमा जोडेर बढी भन्दा बढी विषयको अध्यापन गराउन सक्नुहुन्छ । त्यसबाट मनग्ये आम्दानी गर्न सकिन्छ । त्यसबाट तपाईको मात्रै नभई तपाईको साथीको समेत आम्दानी बढ्न जान्छ ।

सोसल मिडिया परिचालक: पछिल्लो समय जो सुकै पनि सामाजिक सञ्जालमा रमाइरहेका हुन्छन् । फोटो राख्ने, लाइक कमेन्ट गर्ने तथा भिडियो हेरे समय बिताइरहेको पाइन्छ । तर त्यसैलाई आम्दानीको स्रोत बनाउन सकिन्छ । त्यसका लागि केही नयाँ सोच भने जरुरी पर्दछ । सामान्य रुपमा केही तालिम तथा अनुभव हासिल गरेपछि तपाईले सामाजिक सञ्जाल मार्फत नै राम्रो कमाई गर्न सक्नुहुन्छ ।

सुरुमा केही कम्पनीका काम सिकेर तथा केही जानेर तपाईले आनै व्यापार व्यवसाय गर्न सक्नुहुन्छ । विज्ञापन बनाउने, सामािजक सञ्जालमा पोस्ट गर्ने लगायका कामबाट पनि राम्रो आम्दनी हुन सक्छ । राम्रो भिडियो खिच्नुहुन्छ र सम्पादन पनि गर्न जानेको भए त यूटयूबमा डिडियो राखेर पनि कमाइृ गर्न सकिन्छ ।

ट्राभल एजेन्ट: यस्तै सहज रुपमा पैसा कमाउन सकिने अर्को काम हो ट्राभल एजेन्ट । नेपालमा पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटकको मात्रा समेत बढेको छ । भाषाको राम्रो ज्ञान छ धने र स्थानको बारेमा राम्रो जानकारी छ भने तपाईले यो पेशा अवलम्बन गरेर पनि राम्रो आम्दानी गर्न सक्नुहुन्छ ।

व्यापार व्यवसाय बढाउनका लागि आफ्ना साथी भाई विद्यालय, कलेज तथा अन्य नजिकका आफन्तलाई समेत आग्रह गर्न सक्नुहुन्छ । लामो यात्राका लागि बस चढ्नै पर्छ । त्यसका लागि टिकट आवश्यक पर्ने नै भयो, हवाई यात्राका पनि टिकट चाहियो । त्यसका लागि तपाईले टिकट व्यवस्थापन लगायतको काम गर्न सक्नुहुन्छ । यस्तै पर्यटकलाई ठाँउ चिनाउने र घुमाउने काम समेत गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ चैत्र ५ गते आइतवार