आज कार्ल मार्क्सकाे २०२ औँ जन्म जयन्ती । हेराैँ उनका महत्त्वपूर्ण भनाइहरु !



आज कार्ल मार्क्सकाे २०२ औँ जन्म जयन्ती । सन १८१८ मे ५ तारिकमा जर्मनीमा जन्मिएका मार्क्स सर्वहारा वर्ग र गरिबहरुकाे अधिकारकाे विषयमा सदैव संघर्ष गर्नेहरुकाे लागि एक प्रेरणादायी पात्र हुन । मार्क्स एक व्यक्ति मात्रै नभएर अहिले विश्वकै उत्कृष्ट विचार भएको छ । मार्क्स पृथ्वीकै सम्मानित व्यक्ति र विचार हुन । राजनीतिक , आर्थिक र सामाजिक अवस्था हेर्ने मार्क्सवादी दर्शन विश्वव्यापी रुपमा व्याप्त छ । मार्क्सवाद जसले शाेषण,दमन र सामन्तीकरणकाे चपेटामा परेका सर्वहारा वर्गलाई एक नयाँ दिशा र आवाज दियो । उनै मार्क्सकाे २०२ औँ जन्म जयन्तीको अवसरमा उनको महत्त्वपूर्ण भनाइलाई यहाँ समेट्ने प्रयास गरेका छाैँ । कृपया शेयर गरेर सम्मान व्यक्त गर्न सक्नुहुनेछ ।

१. आफूलाई त्यस्ता व्यक्तिहरुको ओरिपरी राख्नु जसले तिमीलाई खुसी बनाउदछन् । जसले तिमीलाई हसाउदछन, जसले तिमीलाई आवश्यकतामा सहयोग गर्दछन । ति व्यक्तिहरु जसले साचो अर्थमा सहयोग गर्दछन । तिनीहरु नै जीवनमा साथ राख्नको निम्ति सबैभन्दा उत्तम व्यक्तिहरु हुन् । बाकीं सबै त आउने जानेहरु हुन् ।

२. मानिसलाई इतिहास देखि टाढा राख्नु तब उनीहरु माथि सजिलै नियन्त्रण पाउन सकिन्छ ।

३. जब पिडा भोग्नेहरूले सोच्न सुरु गर्दछन तब सोच्नेहरूले पिडा भोग्न सिक्न सुरु गर्दछन ।

४. सधै आफ्नो बाटोमा हिड्नु भलै मानिसहरुले जे सुकै भनुन ।

५. एउटा अघाएको व्यक्तिले भोको मानिसको आवश्यकतालाई बुझ्न सक्दैन ।

६. साम्यवादको सिद्धान्तलाई एक वाक्यमा सारसंक्षेप गर्दा- सबै निजि सम्पतिको खारेज गर्नु हो ।

७. हाम्रो कार्य संसारलाई बुझ्नु मात्र होइन बल्की संसारलाई बदल्नु हो ।

८. धर्मको विरोध गर्नु सबै किसिमको बिरोधको सुरुवात हो ।

९. विलासिता भनेको प्रकृतिका आवश्यकताको विपरित कुरा हो ।

१०. अन्तिम शब्द तिनी मुर्खहरुको निम्ति हो जसले विश्वास आफूले पर्याप्त कुरा भन्न नसकेको कुरा विश्वास गर्दछन ।

११. बहादुरहरुले आफ्नो इतिहास आफै बनाउदछन् ।

१२. मानसिक तनावको एउटा मात्र एन्टीडोट शारीरिक कष्ट हो ।

१३. सम्पतिको अधिग्रहण पाटो हो भने यसकै आर्को पाटो भनेको दुख, कष्ट, मानसिक गिरावट, इत्यादीको पनि अघिग्रहण गर्नु हो ।

१४. मलाई पैसा मन पर्दैन किनकि यही नै लडाईंको कारण हो ।

प्रकाशित मिति : २०७७ बैशाख २३ गते मङ्गलवार