यस्ताे छ अमेरिकी डलरको भाउ, आज रियाल, रिंगेट र दिराम कतिमा हुँदैछ किनबेच ? हेर्नुहोस् !



नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६८ पैसा कायम गरिएको छ।

युरोपियन युरो एकको खरिदमा भने १४० रूपैयाँ २० पैसा र बिक्रीमा १४० रूपैयाँ ८४ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ७९ पैसा र बिक्रीमा ८८ रूपैयाँ १९ पैसा तोकिएको छ।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रूपैयाँ ९ पैसा र बिक्रीदर १५९ रूपैयाँ ८१ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९६ रूपैयाँ ६ पैसा र बिक्रीमा ९६ रूपैयाँ ५० पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ १७ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३३ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रूपैयाँ १३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रूपैयाँ ३३ पैसा र बिक्रीमा २९ रूपैयाँ ४६ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ १९ पैसा र बिक्रीमा ४३२ रूपैयाँ १४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ २७ पैसा र बिक्रीदर ३५१ रूपैयाँ ८६ पैसा तोकिएको छ।

प्रकाशित मिति : २०७९ चैत्र ३ गते शुक्रवार