अर्धशतक बनाएर आउट भए कुशल भुर्तेल



आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा बिहीबार विशाल लक्ष्य पछ्याएको नेपाल संकटमा परेकाे छ ।

कुशल भुर्तेल अर्धशतक बनाएर आउट भएका छन् । टस हारेर पहिला बलिङ गरेको नेपालले ३११ रनको लक्ष्य पाएको थियो । त्रिवि मैदानमा जारी आजकाे खेलमा यूएईलाई पराजित गरे नेपाल सिधै विश्वकप छनाेटमा पुग्नेछ ।

भुर्तेलले ३२ बलमा अर्धशतक बनाएका थिए । उनी जुनैद सिद्दकिकाे बलमा आउट भए । नेपालकाे चाैथाे विकेट ९८ काे स्काेरमा गुमेकाे हाे । भीम सार्की र आरिफ शेख खेलिरहेका छन् ।

प्रकाशित मिति : २०७९ चैत्र २ गते बिहिवार