१ लाख घुससहित ललितपुर महानगरका शिक्षा अधिकृत पक्राउ



काठमाडौं । ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत शेषकान्त पौडेल १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार घुस रकम लिइसकेको अवस्थामा कार्यकक्षबाटै पक्राउ गरेको हो ।

अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत घुस मागेको सूचनाको आधारमा अख्तियारको टोली ललितपुर महानगरपालिका कार्यालय पुगेको थियो ।

प्रकाशित मिति : २०७९ फाल्गुन २५ गते बिहिवार