बन्दाबन्दी लम्बिएसँंगै काठमाडौं उपत्यकामा सवारीको चाप बढ्न थाल्याे



काठमाडौं, २२ वैशाख । कोरोना विषाणु (कोभिड–१९) का कारण बन्दाबन्दी लम्बिएसँंगै काठमाडौँ उपत्यकामा सवारी आवागमनको चाप दिन प्रतिदिन बढ्न थालेको छ । यसले बन्दाबन्दी कार्यान्वयनमा चुनौती थपेको छ । महानगरीय प्रहरी, ट्राफिक प्रहरी र स्थानीय प्रशासन कार्यालयले बन्दाबन्दी खुकुलो बनाउने रणनीति अनुरूप कोरोना सङ्क्रमण नियन्त्रण सम्बन्धी स्वास्थ्य सतर्कता र सुरक्षा तयारीका सम्बन्धमा छलफल सुरु गरेको छ ।

उपत्यकामा कोरोना सङ्क्रमण भित्रिन नदिन काठमाडौँ, ललितपुर र भक्तपुरका तीनवटै जिल्ला प्रशासन कार्यालयले उपत्यका प्रवेश गर्ने नाकामा सुरक्षा निगरानी उच्च राख्नुका साथै सवारी चाप आपसी समन्वयका आधारमा व्यवस्थित गर्ने तयारी गरेको छ  । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख २२ गते सोमवार