
२१ वैशाख, काठमाडौं । नेपालमा काेराेना संक्रमितकाे संख्या ७५ पुगेको छ । बाँकेको नेपालगञ्जमा थप ६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितकाे संख्या ७५ पुगेको हाे । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । यसअघि आइतबार नै मन्त्रालयले नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आजै विरगञ्जमा एक जनामा काेराना संक्रमण देखिएको थियो । आज मात्रै १६ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।