दुर्गा प्रसाईँले छाडे एमाले



काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य रहेका दुर्गा प्रसाईँले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । प्रसाईँले पूर्वराज परिवारको उपस्थितिमा कार्यक्रम गरेपछि उनले पार्टीको सिद्धान्त र नीति विपरीत काम गरेको भन्दै कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको थियो ।

केन्द्रको निर्णय नआउँदै उनी आफैंले पार्टी परित्यागको घोषणा गरेका हुन् । प्रसाईँ आजै काठमाडौं आएर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा बुझाउने बताइएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ७ गते आइतवार