अनलाइन कक्षाको हल्ला र सामुदायिक विद्यालयका विद्यार्थीकाे पिडा !



ललितपुर जिल्ला उपत्यकाको जिल्ला हो । छ वटा स्थानिय तहहरु रहेको यस जिल्लामा तीन वटा गाउँपालिका विकटताकाे हिसाबले कर्णाली भन्दा कम छैनन् । यहाँ इन्टरनेटकाे पहुँच निकै कम छ । माेबाइलमा डाटा लिएर बेलाबखत सामाजिक सञ्जालमा अनलाइनमा आउनु बाहेक यहाँका जनशक्तिको इन्टरनेटमा थप पहुँच छैन । राज्यले यतिबेला काेराेना महामारीको त्रास भाेगीरहेकाे छ । यसैबीच शैक्षिकसत्रलाई निरन्तरता दिने बाहनामा विभिन्न विकल्पहरुकाे विषयमा छलफल र बहस चलिरहेका छन । अहिले अनलाइन कक्षा सञ्चालन गर्ने विषयले सामाजिक सञ्जाल समेत तताएकाे छ । अनलाइन सबैको पहुँचमा भएको राष्ट्रमा याे स्वभाविक विषय भएपनि नेपाल जस्तो विकासाेन्मुख देशमा भने याे जटिल विषय हाे । अनलाई कक्षा सञ्चालनले केहि शहरी विद्यालयका विद्यार्थी बाहेक अरुको पहुँचमा शिक्षा नपुग्ने स्पष्ट छ । राजधानीकाे छेउमै रहेका दक्षिण ललितपुरका कुनै पनि विद्यालय अनलाइन कक्षा सञ्चालन गर्नसक्ने अवस्थामा छैनन् । भाैतिक र प्राविधिक उपकरणसँगै दक्ष जनशक्तिको अभावमा विकटमा अनलाइन कक्षा केवल बहसको विषयमात्र हुनसक्छ । विकट भाैगाेलिक बनावट भएको ललितपुरको दक्षिण भेगमा अधिकांश विद्यार्थीकाे पारिवारिक अवस्था दयनीय छ । यतिमात्र हैन दैनिक विद्यालय पुग्न त करिब ४ घन्टासम्म खालि खुट्टै पैदल हिँड्ने विद्यार्थी छन । यस्तो कठिन परिस्थिति सामना गरेर सामुदायिक विद्यालयमा पढ्दै आएका विद्यार्थीहरुकाे पहुँचमा कसरी अनलाइन कक्षा पुर्‍याउन सकिन्छ भन्ने बहस हुनु आवश्यक छ । दुई छाक खान र एक सराे लाउन धाैधाै पर्ने पारिवारिक स्थिति भएको विद्यार्थीकाे आर्थिक र प्राविधिक हैसियतले अहिले बहस भएको अनलाइन कक्षा कसरी लिन सक्छ , प्रश्नचिह्न खडा भएको छ । संघीय सरकार र प्रदेश सरकारले अनलाइन कक्षाको बहस हचुवाकाे भरमा केहि निजी विद्यालयलाई लक्षित गरेर ल्याएको जस्तो आभास हुन्छ ।

ललितपुरकै भाैगोलिक अवस्थालाई हेर्ने हाे भने पनि अनलाइन कक्षाको कुनै सम्भावना देखिँदैन भने याेभन्दा विकटका जिल्लामा झन याे कसरि सम्भव हुनसक्छ । राज्यको उपस्थिति न्यून हुने विकट क्षेत्रमा अनलाइन कक्षाको सम्भावना एकदमै कम छ । पानी पर्दा विद्युत र यातायातको पहुँच त बन्द हुने दक्षिण ललितपुरमा कसरी अनलाइन कक्षा सञ्चालन गर्न सकिन्छ । कसैले यतातिर ध्यान नदिईकन विज्ञ भएर अनलाइन कक्षाको बहस चलाइरहेका छन । आफ्नो धरातल नहेरि अरुको देखासिखी मात्रै गरेर यसबाट आउनसक्ने विभेदकारी स्थिति बारेमा सम्बन्धि पक्ष सचेत भएको छ त ? ललितपुरका बागमती , कोन्जोसोम , महाकाल गाउँपालिकामा अनलाईन कक्षा संन्चालन बिध्यार्थिको पहुच मा छैन । उपत्यका भित्र भएपनि ललितपुर माहानगरपालिका , माहालक्ष्मी नगरपालिका , गोदावरि नगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब विद्यार्थीहरुकाे अनलाइन कक्षामा पहुँच पुग्ने देखिँदैन । नेपाल विद्यार्थी संघ निरन्तर विद्यार्थीकाे हकहितका पक्षमा आवाज उठाउँदै आइरहेको परिप्रेक्ष्यमा हामी सरकारकाे सबै पक्षलाई अनुरोध गर्दछाैँ कि अनलाइन कक्षाको निर्णय गर्नुपूर्व सामाजिक आर्थिक र प्राविधिक एवम् भाैगाेलिक स्थितकाे मुल्यांकन गर्न आवश्यक छ । राज्यले ग्रामीण क्षेत्रका विद्यालयका लागि छुटै कार्यक्रम बनाएर कसरी शैक्षिकसत्रलाई निरन्तरता दिन सकिन्छ भन्ने शाेच्न आवश्यक छ । लकडाउनका कारण विद्यार्थीकाे मनाेसामाजिक अवस्थामा पर्न गएको असर प्रति सचेत रहँदै स्थानीय सरकारले पनि नयाँ कार्यक्रम ल्याएर प्रभाबकारी शिक्षणमा जाेड दिन आवश्यक देखिन्छ । जनचेतना मुलक सामग्री तयार गरि सामाजिक दुरी कायम गरेर हरेक विद्यार्थीकाे पहुँचमा पुग्ने गरि कार्यक्रम बनाउन जरुरत देखिन्छ । भर्ना अभियानको नाममा अनलाईनबाट कक्षा सञ्चालनकाे बाहना गरेर अभिभाबकबाट शुल्क उठाउने जालसाजी भयो भने नेपाली विद्यार्थी संघ त्यसको प्रतिवादमा उत्रन तयार रहनुपर्छ ।

अन्त्यमा : सरकारले अनलाइन कक्षाको अवधारणा अगाडि सार्नु पहिले कुन सफ्टवेयरबाट सञ्चालन गर्ने, कति प्रतिसत विद्यार्थीकाे पहुँचमा इन्टरनेट छ , के शिक्षकहरू अनलाइन कक्षा सञ्चालन गर्नसक्ने अवस्थामा छन यसलाई समेत मध्यनजर गर्न आवश्यक छ । विकटका विद्यालय न प्रविधिको पहुँचमा छन न त्यहाँका सबै शिक्षकले प्रविधिको प्रयोग गर्न नै सक्ने अवस्था छ । तसर्थ अनलाइन कक्षाको हल्ला फैल्याएर सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीकाे मानसिकतामा असर पर्ने काम नगरियोस् ।

प्रकाशित मिति : २०७७ बैशाख २० गते शनिवार