आजको मौसम : देशका कुनै पनि स्थानमा वर्षा र हिमपातको सम्भावना छैन



जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ। अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ। तराईका केही भूभागहरूमा हुस्सु/कुहिरो लागेको छ।

देशका कुनै पनि स्थानमा वर्षा र हिमपातको सम्भावना छैन। जसका कारण देशभरकै तापक्रम क्रमशः बढ्दै गएको महाशाखाले जनाएको छ। विभागले आज दिउँसो प्रदेश– १ र गण्डकी प्रदेशका भू–भागमा आंशिक बदली रहने जनाएको छ। देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति प्रदेश– १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । विभागले तराईका भू–भागहरूमा बिहानीपख लागेको हुस्सु र कुहिरोले दैनिक जनजीवन प्रभावित हुनसक्ने भन्दै सतर्क रहन भनेको छ ।

हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। यस्तै भोलि शनिबार प्रदेश नं. १, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ।

आइतबार पनि प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। तराईमा बिहान र बेलुकीपख हुस्सु र कुहिरोले दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : २०७९ माघ २० गते शुक्रवार