बढ्यो मलेसिया,कतार र साउदी रियलको भाउ !! विदेशका नेपालीमा छायो खुशियाली



नेपाल राष्ट्र बैंकले आइतबारको लागि विनिमय दर सार्वजनिक गरेको छ। शुक्रबारको तुलनामा सबैजसो मुद्राको भाउ भने घटेको छ। शनिवार र आइतबारको लागि भने उही दर कायम गरिएको छ।

राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ७०पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा कायम गरिएको छ।शुक्रवार डलर एकको खरिददर १३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३२ पैसा कायम थियो।

युरोपियन युरो एकको खरिदमा भने १४० रूपैयाँ ९५ पैसा र बिक्रीमा १४१ रूपैयाँ ९४ पैसा पाइन्छ।बिहीबार युरो एकको खरिदमा भने १४१ रूपैयाँ ९४ पैसा र बिक्रीमा १४२ रूपैयाँ ५९ पैसा थियो।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रूपैयाँ ५० पैसा र बिक्रीदर १६० रूपैयाँ २३ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रूपैयाँ २३ पैसा र बिक्रीमा ९१ रूपैयाँ ६४ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ९४ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३९ पैसा पाइन्छ।यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ११ पैसा र बिक्रीमा ३६ रूपैयाँ २७ पैसा पाइन्छ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ १० पैसा र बिक्रीदर ३५ रूपैयाँ २६ पैसा तोकेको छ।युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रूपैयाँ २ पैसा पाइन्छ।

मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार ३० रूपैयाँ ५२ पैसा र बिक्रीमा ३० रूपैयाँ ६६ पैसा पाइन्छ। शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ४ पैसा र बिक्रीमा ४३३ रूपैयाँ पाइन्छ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३५१ रूपैयाँ ६ पैसा तोकिएको छ।

प्रकाशित मिति : २०७९ माघ २० गते शुक्रवार