मलेसियामा रिहायरिङ खुल्यो: भिषाका लागि कामदारले शुल्क तिर्न नपर्ने [भिडियोसहित]



मलेसिया । मलेसियन सरकारले रिक्यालिब्रेशन २.० कार्यक्रम शुरुवात गरेकोछ । यस कार्यक्रम मार्फत निश्चित दायरा पुरा भएका बिदेशी कामदारहरुको मात्र भिषा लाग्ने भएकोछ ।

२०२२ डिसेम्बर ३१ तारीख भन्दा पहिले बिभिन्न कारणले भिषा निरन्तरता नभएका कालो सुचिमा नपरेका बिदेशी कामदारहरु मध्य १८ बर्ष देखी ४९ बर्ष सम्म उमेरकाहरुले मात्र भिषा पाउने नेपाली दुतावास मलेसियाका उपनियोग प्रमुख मोति बहादुर श्रीषले हिमालटाइम्स संगको एक अन्तरवार्तामा बताए ।

साथै यस पटकको रिक्यालिब्रेशन द्वारा भिषा रोजगारदाताले मात्रै लगाउनु पउने र सम्पुर्ण खर्च स्वयम रोजगारदाताले नै ब्यहोर्नु पर्ने प्राबधान रहेकोले कुनै पनि एजेन्टको पछि लागेर पैसा नतिर्न पनि सचेत गराए ।

यदि पहिलाको कम्पनी छोडेर भिषा बिहिन तवरले अन्य कम्पनीमा काम गर्दै गर्नुभएको छ भने यस पटकको रिक्यालेब्रेशन कार्यक्रमको उल्लेखित दायरा भित्र नपर्ने नेपालीहरु नेपाली दुतावासमा आएर मलेसियाको अध्यागमन जरिवाना तिरी स्वदेश फर्कने प्रक्रिया शुरु गर्न आग्रह गरे साथै जो भखरै कम्पनी छोडेर भागेका छन पहिले कै कम्पनीमा फर्कन आग्रह गर्दै जसका लागि आवश्य सहयोग दुतावासको तर्फबाट पुर्णरुपमा गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

साथै यस रोक्यालिब्रेशन मार्फत भिषा लगाउनको लागि मात्र पाउने छ र स्वदेश फिर्ती सम्बन्धि कुनै कार्यक्रम रहेको छैन । भिषाको आवेदन पेश गर्ने समय २०२३ जनवरी २७ तारीख देखी डिसेम्बर ३१ सम्म रहनेछ । भिषा आवेदन जति छिटो पेश गय्रो तेति नै छिटो भिषा प्राप्त हुने र भिषा आवेदन गरेको कागजातले पनि प्रसाशन र अध्यागमनबाट धरपकट नहुने भएकोले यथाशीघ्र आवेदन गर्ने उपनियोग प्रमुख श्रीषले आग्रह गरे ।

प्रकाशित मिति : २०७९ माघ १८ गते बुधवार