धराैटी बुझाएर छुट्ने बित्तिकै फेरि किन पक्राउ परे अग्रवाल ! यस्तो छ कारण !



काठमाडौं । कालोबजारीसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका व्यवसायी सुलभ अग्रवाल पुन: पक्राउ परेका छन् । अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनेबित्तिकै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइने उनले बताए । ज्वरो नाप्ने थर्मल गन कालोबजारी आरोपमा गत चैत २५ गते पक्राउ परेका अग्रवालविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंले बिहीबार २५ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । धरौटी बुझाएर रिहा हुनेबित्तिकै उनी पुन: पक्राउ परेका हुन् ।

प्रकाशित मिति : २०७७ बैशाख १८ गते बिहिवार