
हेटौंडा । बागमती प्रदेशमा आज मन्त्रीपरिषद् विस्तार हुँदैछ । तीन दलीय गठबन्धन रहेको प्रदेशमा नेकपा एमाले, माओबादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले मन्त्रालय भागबण्डामा सहमति गरेका छन् ।
एमाले मकवानपुरका सांसद एकालाल श्रेष्ठले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । त्यसैगरी ललितपुरका सांसद रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालय,काठमाडौंका सांसद केशब पोख्रेलले प्रदेशको पशुपन्छी तथा कृषि मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
यसैगरी नेकपा माओवादी केन्द्रका सांसद युवराज दुलाललाई भौतिक मन्त्रालयको जिम्मेवारी पाउने पक्का भएको छ । माओबादीले सांसद कुमारी मोक्तानलाई फेरी पनि सामाजिक विकास मन्त्री बनाउने भएको छ । यसैगरी माओबादी केन्द्रले आन्तरिक मामिला मन्त्रीमा गंगानारायण श्रेष्ठलाई नियुक्त गर्ने तयारी गरेको छ ।
राप्रपाका उद्धब थापा खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री हुने भएका छन् । त्यसैगरी पर्यटन, उद्योग तथा सहकारी मन्त्री र वन तथा वातावरण मन्त्रालय पनि राप्रपाले पाउने भएको छ ।