मेरो पेटमा भएको बच्चा एक प्रहरीको हो भन्दै सम्झनाले गरिन देहत्याग



बागलुङ । अन्तरजातिय विवाह गरेकी एक महिलाले जिल्ला प्रहरी कार्यालय बागलुङको नाममा पत्र लेख्दै देह त्याग गरेकी छन् । बागलुङ नगरपालिका-२ माझकोटमा डेरा गरी बस्दै आएकी ३० वर्षिय सम्झना किसान सोमबार राती कोठामा झु ण्डि एको अवस्थामा फेला परेकी हुन् । उनले लेखेको नोटका आधारमा उनले देह त्याग गरेको प्रहरीले अनुमान गरेको छ । उनले जिल्ला प्रहरी कार्यालय बागलुङलाई सम्बोधन गर्दै आफुलाई यस्तो निर्णय गर्ने अवस्थामा लैजानेलाई का रवा ही गर्न माग राखेकी छन् । नोटमा आफु प्रहरी जवानसंग विवाह गरेर धो का पाएको उल्लेख छ ।

गैरदलित युवासंग विवाह गरेको केही वर्षमै सम्बन्ध विग्रिएको बताएकी उनी एक्लै बस्दै आएकी थिइन् । सम्झनाले जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी जवानका कारण आफुले यस्तो निर्णय लिन बाध्य भएको नोटमा उल्लेख गरेकी छन् । २०७५ भदौ ५ गतेदेखि ती प्रहरी जवानसंग चिनजान भई देखावटी मायामा फ स्दा आफ्नो जिवन यता न उताको भए पछि यस्तो निर्णय लिनुपरेको बताएकी छन् । आफ्ना श्रीमानले अरु केटीसंग पनि सम्बन्ध राखेको थाहा पाएपछि टाढिन खोज्दा पटक-पटक आफुसंग बिताएको समयका तस्बिर र एसएमएसमार्फत ब्ल्या क मेलिङ गरेको उनले उल्लेख गरेकी छन् ।

दुई वर्षसम्म राम्रो सम्बन्ध भएपनि आफु गर्भवती भएको थाहा पाएपछि श्रीमानको ब्यवहार परिवर्तन भएको उनले बताएकी छन् । ‘उसले भनेको मान्दै जाँदा राम्रै व्यवहार गथ्र्यो, तर पेटमा तेरो बच्चा छ भनी गुहार माग्दा मलाई फ सा एर गुजारा चलाउन ममाथि यस्तो लगाईस् भन्यो’ नोटमा भनिएको छ । विवाहित रहेकी उनले श्रीमानसंगको सम्बन्ध विच्छेद गरेर प्रहरी हवल्दारसंग सम्बन्ध बनाएको पनि उल्लेख गरेकी छन् । नोटमा भनिएको छ, ‘मैले आ त्म ह त्या गरेपनि पेटमा भएको बच्चाको डिएन चेक गरी दो षी लाई कानुनी बमोजिमको स जय दिन भनी जिल्ला प्रहरी कार्यालय बागलुङमा आफ्नो निवेदन पेश गरेकी छु, निश्पक्ष न्यायको आशा राख्दछु ।’ मंगलबार बिहान ११ बजेसम्म नउठेपछि घरबेटीले ढोकाको भेन्टिलेसनबाट हेर्दा उनी सिलिङमा सलले झु ण्डि एको अवस्थामा सम्झनालाई देखेपछि प्रहरी बोलाएका थिए । सम्झनाका एक छोरी छिन् ।

प्रकाशित मिति : २०७७ बैशाख १८ गते बिहिवार