चार उपप्रधानमन्त्री म्यारिज खेल्न बनाएको भन्ने प्रश्नमा रविकाे जवाफ ‘मलाई हटाए हुन्छ’



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफैँले उठाउँदै आएका प्रश्नको सामना गरेका छन् । उनले उपप्रधानमन्त्री धेरै भएको जस्तो लागे आफूलाई त्यसबाट हटाए हुने पनि बताएका छन् ।

उपसभामुखको निर्वाचनपछि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनबाट बाहिरिने क्रममा उनलाई सञ्चारकर्मीले प्रश्न गरेका थिए । विगतमा आफू सञ्चारकर्मी हुँदा उनले धेरै उपप्रधानमन्त्री बनाइँदा सवाल गर्ने गर्थे । शनिबार उनी आफैँले सो प्रश्नको सामना गर्नुपर्‍यो ।

‘हिजो चार उपप्रधानमन्त्री म्यारिज खेल्न बनाएको भन्नुहुन्थ्यो, आज तपाईंको पालामा त्यस्तै भयो’ भन्दै सञ्चारकर्मीले प्रश्न गरेका थिए । जवाफमा उनले भने, ‘उपप्रधानमन्त्री हटाउने भए मेरोबाट हटाउँदा भयो । राज्यलाइ भार पर्दैन ।’

प्रकाशित मिति : २०७९ माघ ७ गते शनिवार