आज नेकपा सचिवालय बैठक बस्दै



काठमाडाैं, १७ वैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच हिजो दिउँसो भएको भेटपछि सचिवालय बैठक डाकिएको हो । बैठक साँझ ५ बजेपछि प्रधानमन्त्री निवास बालुवाटार डाकिएकाे छ ।

मंगलबार नै सचिवालय बैठक बस्ने भनिए पनि सो दिन अध्यक्षद्वय ओली र प्रचण्डबीच अलग्गै छलफल भएपछि बुधबार सचिवालय बैठक बस्ने तय भएको हो । बैठकमा आन्तरिक विवादबारे छलफल गर्ने बताइएकाे छ । काेराेनाकाे महामारीकाे बेला प्रधानमन्त्री ओली पार्टी फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश एक्कासी जारी गरेपछि चाैतर्फी चर्काे आलोचना भएकाे थियाे । चौतर्फी विरोध भएपछि अध्यादेश खारेज भइसकेको छ । तर, अध्यादेशको औचित्यबारे छलफल गर्न प्रचण्ड र माधव नेपाल पक्षले सचिवालय बैठक बोलाउन माग गर्दै आएका थिए । यसअघि २० जना स्थायी कमिटी सदस्यले पार्टीका अध्यक्षद्वयलाई पत्र लेखी तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए ।

प्रकाशित मिति : २०७७ बैशाख १७ गते बुधवार