सर्बोच्चको आदेश पछी रिहा भएका ज्ञानेन्द्र शाही भन्छन- यो सबै नेपालीको जित हो !



काठमान्डौ | अभियन्ता ज्ञानेन्द्र शाही रिहा भएका छन् । बिगत आठ दिन देखि प्रहरी हिरासतमा रहेका शाही अदालतको फैसला संगै रिहा भएका हुन् । लकडाउन उल्लंघनको आरोपमा प्रहरीले ललितपुरकाे सुनाकोठीबाटबाट उनलाई मंगलबार पक्राउ गरेको थियो । पक्राउ परेका ज्ञानेन्द्र भनिने ज्ञानबहादुर शाहीलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको थियो । अधिवक्ता इन्द्रप्रसाद अर्यालले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा आइतवार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयालको इजलासले पक्राउ गर्नुको आधार र कारणसहित बन्दी शाहीलाई उपस्थित गराउन आदेश दिएको थियो ।

सोही निवेदनमा न्यायाधीशद्वय पुरुषाेत्तम भण्डारी र मनाेजकुमार शर्माकाे संयुक्त इजलासले उनलाई छाड्न आदेश दिएको हो। सर्वोच्च अदालत र महान्यायाधीवक्ता कार्यालयले मातहतका कार्यालय तथा प्रहरीलाई मुलुकी अपराध संहिता कार्यविधि २०७४ को दफा १५ अनुसार गम्भीर किसिमका अपराधमा संलग्न अभियुक्तलाई पछि हाजिर गराउने गरी आफन्तको जिम्मा लगाउन निर्देशन दिएको थियो। निवेदकले उक्त निर्देशन तथा कानुनी व्यवस्थाको उल्लंघन गर्दै शाहीलाई थुनामै राखिएको दाबी गरेपछि सर्वोच्चले कारण पेश गर्न भनेको थियो।

आदेशमा शाही र उनीसँगै पक्राउ परेका शक्तिराज शाहीलाई पनि पेशका दिन उनीहरुविरुद्ध लागेको अभियोगको सक्कल फाइलसहित उपस्थित गराउन भनिएको थियो। शक्तिराज शाही पनि छुटेका छन्। न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले शाहीद्वयलाई छाड्ने आदेश दिएको हो। रिहा भएपछी पत्रकारहरु सँग छोटो कुराकानी गर्दै यो जित जनताको जित भएको र आगामी दिनमा कानुनको पालना गर्दै अगाडी बढ्ने बताएका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख १६ गते मङ्गलवार