
ललितपुर । नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर १ प्रदेश ख का सभापति रामकृष्ण लामा(इन्द्र )ले बागमती गाउँपालिकालाई ७५ हजार रुपैयाँ बराबरको ५० बोरा चामल हस्तान्तरण गरेका छन । बागमती गाउँपालिकाकाे कार्यालयमै पुगेर लामाले पालिका अध्यक्ष विरबहादुर लाेप्चन र उपाध्यक्ष रञ्जना घिमिरेलाई उक्त चामल हस्तान्तरण गरेका हुन । बागमती गाउँपालिका भित्र लकडाउनका कारण खाद्यान्न नपाएका गरिबहरुलाई सहयोग हाेस भनेर आफुले चामल सहयोग गरेको लामाले बताए । पालिकाका अध्यक्ष विरबहादुर लाेप्चनले एक द्वार प्रणाली मार्फत राहत बाँडिएको स्मरण गर्दै सहयोग स्वरूप पाएकाे चामल गरिबहरुलाई नै दिइने कुरामा विश्वस्त हुन अनुरोध गरे । यसअघि पालिकाले पनि सबै वडामा राहत बाँडिसकेकाे छ ।
प्रकाशित मिति : २०७७ बैशाख १६ गते मङ्गलवार