यस्तो छ बालकोट समिकरण, सरकारको पक्षमा कति पुग्छ संख्या ?



नेकपा एमालेले सरकार गठनको पहल सुरू गरेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारबाट गठबन्धनको औचित्य सकिएको भन्दै बाहिरिएपछि बालकोटमा एमालेले सरकार गठनको पहल सुरू गरेको हो।

एमालेसँगको छलफलमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, रास्वपाका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका अशोक राई बालकोट पुगेका हुन्।

सरकार निर्माणमा बहुमत पुर्‍याउन १ सय ३८ संख्या आवश्यक छ। यदि बालकोटमा सहमति जुटे सरकार निर्माणमा यो गठबन्धनलाई १ सय ५६ संख्या पुग्छ। संसदमा एमालेको ७८, माओवादी केन्द्रको ३२, रास्वपाको २०, राप्रपा १४ र जसपाको १२ सिट छ।

प्रकाशित मिति : २०७९ पुष १० गते आइतवार