ओली र नेपाल पक्षको छलफल सकियो , भाेलि सचिवालय बैठक बाेलाउने सहमति !



नेकपाका नेता माधवकुमार नेपालकाे निवासमा बसेकाे नेपाल र ओली पक्षको बैठक सकिएको छ । बैठक पछि नेता ईश्वर पाेखरेलले भाेलि सचिवालय बैठक बस्ने सहमति भएको बताएका छन । यस्तै नेपाल पक्षका नेता रघुजी पन्तले भाेलि सचिवालय बैठक बस्ने र त्यसपछि स्थायी कमिटी बैठक बस्ने बताए । समस्याहरु सुल्झाउन तर्फ लाग्ने सहमति भएको पन्तको भनाइ छ । बैठकमा ओली पक्षका ईश्वर पाेखरेल,विष्णु पाैडेल,शंकर पाेखरेल र प्रदिप ज्ञवाली सहभागी थिए भने नेपाल पक्षका भीम रावल,सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी थिए । प्रचण्ड र नेपाल मिलेर ओली विरुद्ध माेर्चाबन्दी गरेको भन्दै ओली पक्ष त्रसित भएपछि नेपाल पक्ष फकाउने उद्देश्यले ओली पक्षका नेताहरू सक्रिय भएको बुझिएको छ।

प्रकाशित मिति : २०७७ बैशाख १५ गते सोमवार