‘भोट नेकपालाई होइन, केपी ओलीको नाममा आएको हो, उहाँलाई हटाउने तागत कसैको छैन’



काठमाडौं । पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्राप्त दुइतिहाई नजिक जनमत नेकपाको नाममा नभई केपी ओलीको नाममा आएको प्रष्ट पारेका छन् । एक सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै उनले यो जनमत नेकपालाई नभई केपी ओलीको नाममा आएको प्रष्ट पारे । ‘जनमत केपी ओलीको नाममा आएको हो, नेकपाको नाममा होइन ।’ उनले भने । उनले ओलीबिना नेकपा रहन नसक्ने समेत प्रष्ट पारे । उनको भनाई थियो, ‘ओलीबिनाको नेकपा हामी कल्पना पनि गर्न सक्दैनौँ ।’

बाँस्कोटाले ओलीलाई अहिले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन सक्न्ने तागत कसैको नभएको समेत प्रष्ट पारे । ‘उहाँलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउने तागत कसैको छैन’ उनले भने, ‘उहाँ, माधव नेपाल, वामदेव कमरेडहरुको सहमतिबाट सक्नेले हटाएर देखाए हुन्छ ।’

प्रकाशित मिति : २०७७ बैशाख १५ गते सोमवार