भाग्यमानी श्रीमान/श्रीमतीः जो एकैपटक प्रहरीमा डिएसपी बन्दैछन् !



नेपाल प्रहरीमा श्रीमान/श्रीमती एकैपटक नायब उपरीक्षक (डिएसपी) हुने तयारीमा छन् । नेपाल प्रहरीमा हाल ५७ डिएसपीको पद रिक्त छ । प्रहरी प्रधान कार्यालयले छिट्टै डिएसपी बढुवाको तयारी गरिरहेको छ । प्रहरीमा श्रीमान/श्रीमती नै एकैपटक डिएसपी हुन लागेका हुन्, शर्मिला गुरुङ र अनिलकुमार घिमिरेको जोडी ।

उनीहरु १० वर्षअघि २०६७ भदौमा प्रहरी निरीक्षकबाट सिधै सेवा प्रवेश गरेका थिए । महानगरीय प्रहरी प्रभाग बलम्बुको नेतृत्व गरिसकेकी गुरुङ हाल प्रहरी मुख्यालयमा छिन् । प्रहरी संगठनभित्र उनको व्यवसायिक र निडर अधिकृतको छवि छ । घिमिरे संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत छन् । घिमिरे पनि क्षमतावान र व्यवसायिक प्रहरी अधिकृत हुन् ।

प्रकाशित मिति : २०७७ बैशाख १५ गते सोमवार