संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बैशाख ३० सम्म सीमा नाकामा आवागमन रोक्ने सरकारको निर्णय



काठमाडौं । कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले अन्र्राष्ट्रिय सीमा नाकामा बैशाख ३० गतेसम्मका लागि आवागमन राक्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बैशाख ३० गतेसम्मका लागि सीमानाकामा आवागमन रोक्ने निर्णय गरेको हो ।

सरकारले गत चैत १० गतेबाट सीमानाकामा आवागमन रोकेको थियो । आज बसेको मन्त्रिपरिषदको बैठकले जारी लकडाउनलाई २५ गतेसम्मका लागि लम्ब्याउने निर्णय पनि गरेको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ, जसमध्ये १६ सजना निको भइसकेका छन्

प्रकाशित मिति : २०७७ बैशाख १५ गते सोमवार