ज्ञानेन्द्र शाही पक्राउ गर्ने ललितपुरका सिडिओ पाण्डे सरुवा !



ललितपुर , वैशाख १३ | सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही पक्राउ, लकडाउनकाे पास वितरण लगायतको कारण देखाउँदै ललितपुरका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे गृहमन्त्रालय तानिएका छन । उनको स्थानमा नारायण प्रसाद भट्ट आउने भएका छन । ललितपुरमा गरिब वर्गका व्यक्तिलाई राहत वितरण गर्ने क्रममा ज्ञानेन्द्र शाही पक्राउ परेपछि सिडिओ पाण्डेमाथि चाैतर्फि दबाब सिर्जना भएको थियो । गृहमन्त्रालयमा रहेका भट्टलाई ललितपुर ल्याएर पाण्डेलाई मन्त्रालय तानिएको हाे । भट्टले यसअघि भक्तपुर, गाेरखा र चितवनमा सिडिओ भएर काम गरिसकेका छन ।

प्रकाशित मिति : २०७७ बैशाख १३ गते शनिवार